ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल « Khabarhub

ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

ललितपुर- लतिपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा उद्घाटन गरिएको हो ।

३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहितले ६ अर्ब रुपैयाँको लागतमा निर्माण गरेका हुन् ।

गुण समूहका निर्देशक राजेन्द्र शाक्य र भारतको होटल सरोवरका अध्यक्ष अजय कुमारबीच औपचारिक सम्झौतासँगै सञ्चालमा आएको हो ।

होटल रोयल ट्युलिप फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेनका रुपमा रहेको छ । फ्रान्स दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएकाले रोयल टुलिपसाङ व्यवस्थापनसँग सम्झौता भएको शाक्यले जानकारी दिए ।

गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको शाक्यले बताए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल