आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र « Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् ।  

लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा जाडोयाममा वनभोज खान आउनेको भीड लाग्न थालेको छ । तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’  विकास गरिएपछि यहाँ घुम्ने र वनभोज खानेको भीड लाग्न थालेको हो । 

करिब पाँच हेक्टरमा फैलिएको यहाँ बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यान छन् । लहान नगरपालिका-१५ स्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष रुद्रनारायण चौधरीले भने, ‘यहाँ वनभोज खान सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी तथा छिमेकी राष्ट्र भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् ।’ 

उनका अनुसार हाल सार्वजनिक बिदा बाहेकका दिनमा करिब पाँच समूह वनभोजका लागि यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाका दिन बीस वटासम्म समूह आउने गर्दछन् । 

लहान-१२ र २२ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल सलहेश फूलबारी, लहान-२४ मा अवस्थित मानिकदह, लहान-१५स्थित गोसाइडाँडा ताल, लहान-१७ स्थित देवीदहलगायतका स्थानमा वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । 

लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरियाडाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइँडाँडा ताल’ निर्माण गरिएपछि वनभोज खान र घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए ।

उत्तरी लहानकै ‘देवीदह सिमसार तथा पर्यटकीय क्षेत्र’ मा पनि पर्यटकको सङ्ख्या बढेको छ ।  चुरे क्षेत्रका सिमसार क्षेत्रको संरक्षणमा स्थानीय सरकारले चासो देखाउन थालेका छन् । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले भने, ‘यहाँका पर्यटकीय क्षेत्रको भौतिक विकासमा हामीले उच्च प्राथमिकता दिएका छौँ ।’

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बुधबार यसक्षेत्रमा घुम्न र वनभोज खान आउनेको भीड लागेको थियो । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु र पशुपक्षीको बासस्थानसमेत रहेको यहाँका सिमसार क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि उपयोगी छन् । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ३ : ४१ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा