ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास | Khabarhub Khabarhub

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमाले केन्द्रीय सचिवालयको ४३ औँ बैठक यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको छ ।

बिहीबार च्यासलमा ३ घण्टाभन्दा बढी समय बसेको सचिवालयको ४३ औँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ ।

बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओ‌लीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमै केन्द्रित भएर छलपल भएको बताएका छन् ।

‘पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रीय समिति बैठकका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनको मुख्य विषयमा छलफल भएको छ’, उनले भने, ‘उक्त प्रतिवेदन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नु हुनेछ । सचिवालयमा प्रतिवेदनका मुख्य कुरामाथि गम्भीर छलफल गरेर केन्द्रीय कमिटीमा प्रस्तुतिका लागि पठाउने निर्णय गरेका छौँ ।’

ज्ञवालीका अनुसार उक्त प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको छ । २०८१ फागुनयता एमाले केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । एमालेको विधानमा हरेक ६ महिनामा बस्ने भनिएको छ । तर एमाले सत्ताको खेलमा लाग्दा केन्द्रीय कमिटी बैठक पनि १० महिनापछि बस्दैछ ।

ज्ञवालीका अनुसार गत असार ३० गते नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनेपछि बस्न लागिरहेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेससँगको सहकार्यबारे विस्तृतमा ब्याख्या गरेका छन् । ‘किन नेकपा एमाले र कांग्रेसको सहकार्य भयो ? यस सहकार्यको औचित्य र त्यसले सिर्जना गरेको अवस्थाबारे प्रतिवेदनमा विस्तृत विवेचना गरिएको छ’, ज्ञवालीले अगाडि भने, ‘यसका साथै कांग्रेससँग मिलेर सरकार गठनयताको ६ महिनाको पनि राजनीतिक प्रतिवेदनमा समीक्षा गरिएको छ ।’

ओलीको प्रतिवेदनमा सरकारले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको कुरा पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा सरकारले बाँकी रहेका कामलाई सम्पन्न गर्नुपर्ने, जनतालाई दिनुपर्ने डेलीभरीको पाटोमा धेरै काम अझै रहेको कुरा पनि समीक्षात्मक रुपमा स्वीकारिएको छ ।

ओलीले अर्थतन्त्र सुदृढीकरण र विकासको पाटोमा राम्रो काम भएको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको विवेचना पनि गरिएको ज्ञवालीले पत्रकारहरूलाई बताएका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा देशमा अराजकताको अवस्था आउन लागेको पनि चर्चा गरेका छन् । ‘पछिल्लो समय देशमा बन्न लागेको अराजक अवस्थाको पनि समीक्षा गरिएको छ’, ज्ञवालीले भने, ‘अराजक अवस्था उत्पन्न गरेर देशलाई अप्ठ्यारोतिर लैजान गरिएका प्रयासबारे प्रतिवेदनमा ब्याख्या गरिएको छ ।’

बिहीबारको सचिवालय बैठकमा पनि मूलत: ओलीले लेखेको राजनीतिक प्रतिवेदनमै केन्द्रित भएर छलफल गरिएको पनि ज्ञवालीले बताएका छन् ।

केही उपलब्धि

बैठकपछि ज्ञवालीले अर्थतन्त्रमा अपेक्षित प्रगति हुन नसके पनि केही नयाँ काम भइरहेको बताए । उनले पछिल्लो तीन महिनामा राजस्व १७ प्रतिशतले वृद्धि भएको कुरा पनि उल्लेख गरेका छन् ।

‘शेयर बजार माथि नै छ । विकास निर्माणका काममा पनि केही भएका छन्’, उनले भने, ‘सहकारी क्षेत्रका बेथितिबारे चारवटै फ्रन्टबाट काम भइरहेको छ ।
६ हजार जनाको एक अर्ब ५६ करोड फिर्ता भइसकेको छ । ८ हजारको आंशिक फिर्ता भएको छ । ६२ हजारको उजुरी परेकोमा कम्तीमा १५ हजार जनाको समस्या समाधान भइसकेको छ ।’

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ३ : ५७ बजे

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

तराईमा देखिएको हुस्सु । फाइल तस्बिर

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

ताप्लेजुङ – सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि

संक्रमितले भरिए अस्पताल : के हो भारत-चीनमा फैलिएको भाइरस ?

काठमाडौं – मौसमी रुघाखोकी, ज्वरो तथा भाइरल संक्रमणका बिरामीको संख्या

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौं – कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि

इसाकको गोलमा न्यु क्याशल विजयी

काठमाडौं – काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा न्यु क्याशल युनाइटेडले