माओवादीले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा « Khabarhub

माओवादीले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

आगामी पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङसमेत उपस्थित स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने र प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा तय गरेको जानकारी सापकोटाले दिए ।

अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखेर राष्ट्रिय विषयका सवालमा ध्यान दिनुपर्नेलगायत बिषयमा आजको बैठकमा छलफल भएको तियो ।

माओ‌वादीले त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शीताविपरीत काम गरेको माओवादीले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ४ : २५ बजे

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका

कानुनसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न सातवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार