माओवादीले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा « Khabarhub

माओवादीले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

आगामी पुस २१ गतेदेखि सुरू हुने केन्द्रीय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङसमेत उपस्थित स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गरिने र प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा तय गरेको जानकारी सापकोटाले दिए ।

अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखेर राष्ट्रिय विषयका सवालमा ध्यान दिनुपर्नेलगायत बिषयमा आजको बैठकमा छलफल भएको तियो ।

माओ‌वादीले त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शीताविपरीत काम गरेको माओवादीले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ४ : २५ बजे

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक