बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी « Khabarhub

बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

देउखुरी– घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रा पालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका हुन् ।

घरमा आमाले घर खर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्‍याएको खनालले बताए। उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन् ।

‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अस्ट्रेलिया यै’ भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ’, खनालले भने । अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए।

खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन् । 

‘अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक पाँच लाख ५० हजारसम्म आम्दानी हुन्छ । घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन’, उनले भने, ‘युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ ।’ 

‘पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ’, खनालले भने।

 आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रा पालन सुरु गरेको उनले बताए। सङ्घ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे। 

‘लगानी लगाउने बित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ । निरन्तर मेहनत भने गर्नुपर्छ’, खनालले भने। हालसम्म १२ लाख लगानी गरेर व्यवस्थित दुई वटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र पाँच लाख ५० हजारको खसीबोका बेचेको जानकारी दिए। एउटा खसीलाई ६० हजारसम्म बाख्रा बिक्री गरेको उनले उल्लेख गरे। 

अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए। दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, ‘बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै पाँच लाख ५० हजारको खसीबोका बिक्री भएको थियो ।’ यो वर्षको बिस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे  । 

आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उहाँले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । स्वदेशमै केही गर्न चाहने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ११ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन