स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय « Khabarhub

स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्णलक्ष्मी सहकारीबाट रकम अपचलन प्रकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट पनि रकम अपचलन गरेको जाहेरी परेको थियो ।

सो उजुरीमाथि अनुसन्धान गरेको प्रहरी परिसरले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।

कास्की जिल्ला अदालतमा लामिछाने लगायतविरुद्ध बहस चलिरहँदा अब काठमाडौँमा पनि मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो । 

प्रहरी प्रतिवेदनमा स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने उल्लेख छ। सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गर्न प्रहरीको राय छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरू लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवम्‌ नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत पाँच जना अहिले प्रहरी हिरासतमा छन् । थप केही भने अझै फरार छन् ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहँदा पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको हो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ४३ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ