स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय | Khabarhub Khabarhub

स्वर्णलक्ष्मी सहकारीमा ठगी : रविसहितलाई ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्णलक्ष्मी सहकारीबाट रकम अपचलन प्रकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेमाथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट पनि रकम अपचलन गरेको जाहेरी परेको थियो ।

सो उजुरीमाथि अनुसन्धान गरेको प्रहरी परिसरले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।

कास्की जिल्ला अदालतमा लामिछाने लगायतविरुद्ध बहस चलिरहँदा अब काठमाडौँमा पनि मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो । 

प्रहरी प्रतिवेदनमा स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने उल्लेख छ। सो सहकारीको रकम हिनामिना भएको ठहर गर्दै लामिछानेसहित ४४ जनासँग एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गर्न प्रहरीको राय छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरू लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवम्‌ नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत पाँच जना अहिले प्रहरी हिरासतमा छन् । थप केही भने अझै फरार छन् ।

पोखरामा थुनछेक र जवाफी बहस चलिरहँदा पक्राउ नपरेका अन्य प्रतिवादीलाई फरार सूचीमा राखेर प्रहरीले प्रतिवेदन पेश गरेको हो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ४३ बजे

आजका समाचार : संसद्‌मा कांग्रेस रास्वपा भनाभन, स्ववियुमै दलहरूको गठबन्धन र पाकिस्तानमा रेल नै हाइज्याक 

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरणप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च,

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को

भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : धवलशमशेर

   बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका

बागमतीका किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध

हेटौँडा– बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने

सरकारको नालायकीले निरंकुशतन्त्र टाउको उठाउन खोज्दैछ : वर्षमान

बुटवल– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ काँग्रेस