कोशीमा सहकारी व्यवस्थापन गर्न समिति गठन | Khabarhub Khabarhub

कोशीमा सहकारी व्यवस्थापन गर्न समिति गठन


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेको छ ।

विराटनगरका वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा आज समिति गठन गरेको हो। आज बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्दै समितिको काम, कर्तव्य तथा अधिकार टुङ्ग्याएको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले  वरिष्ठ अधिवक्ता थापाको नेतृत्वमा समितिमा सहकारी विज्ञको रूपमा झापाका धनप्रसाद सिवाकोटी र लेखा विज्ञको रूपमा जीवन काफ्लेलाई सदस्य तोकिएको छ ।

समितिमा मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठ सदस्य सचिव रहनेछन् । समितिमा एक जना सदस्य कोशी प्रदेश सहकारी संघले पठाउनेछ  । प्रदेश सरकारले गत कात्तिक ४ गते केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ राजपत्रमा सार्वजनिक गरेको थियो ।

अध्यादेशमा प्रदेश सहकारी ऐन संशोधन गर्दै कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा संघको सम्पत्ती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न प्रदेश सरकारले अध्यक्ष र सदस्य रहनेगरी एक व्यवस्थापन समिति गठन गर्नसक्ने व्यवस्था छ ।

कानूनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको कानूनविद्मध्येबाट प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने व्यवस्था अध्यादेशमा छ । 

सहकारी क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरका व्यक्तिहरुमध्येबाट प्रदेश सहकारी संघले तोकेको एक जना व्यक्ति सदस्य, प्रशासन वा सुरक्षा वा अनुसन्धानका क्षेत्रमा कम्तीमा राजपत्राङ्कित द्धितीय श्रेणीमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त गरका व्यक्तिमध्येबाट प्रदेश सरकारले तोकेको एक जना सदस्य, लेखा विशेषज्ञहरुमध्येबाट एक जना सदस्य र प्रदेश सरकारले तोकेको सातौं-आठौं तह वा सो सरहरको अधिकृत सदस्य सचिव रहने व्यवस्था छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ६ : ५१ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले