एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल « Khabarhub

एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली बिहीबार अपरान्ह बूढानीलकण्ठस्थित भंगाल पुगेका हुन् ।

बिहीबार दिउँसो सचिवालय बैठकमा पुस २१ गतेदेखि बस्ने केन्द्रीय समितिमा पेश गर्न लेखिएको राजनीतिक प्रतिवेदन पारित गरेपछि ओली भंगाल पुगेका हुन् ।

नेकपा एमालेकी पूर्वउपाध्यक्ष रहेकी भण्डारीसँग ओलीले करिब २ घण्टा लामो वार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

दुई घण्टासम्म भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले उल्लेख गरेको छ ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कोसिस गरिरहेकी छन् । दुई कार्यकाल राष्ट्रपति बनिसकेकी उनी एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनलाई वर्तमान प्रधानमन्त्री ओलीले नै राष्ट्रपति बनाएका थिए ।

तर उनले एमालेमा फर्किने इच्छा देखाइरहेकी छन् । उनलाई एमालेको राजनीतिमा ल्याउने कोसिसमा पार्टीकै शीर्ष तहका नेताहरूसमेत कृयाशील छन् । यस्तोमा गत असार ३० गते नेपाली कांग्रेससँग मिलेर सरकार बनाएका प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रै बिस्तारै दबाब बढिरहेको छ ।

पुस ११ मा पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन तथा स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाको निलम्बनले ओली चर्को आलोचनामा परेका छन् ।

विरोधीलाई ठेगान लगाउन जेसुकै गर्न उद्यत रहेको टिप्पणीबीच बुधबार रावलले ओलीमाथि आरोपको बर्षात् गरेका थिए । यी तीन नेताको कारबाही अहिलेको समयमा अनुचित हुने तर्क भण्डारीले आफूनिकटस्थसँग राखिरहेको बताइन्छ । उनी रावलसँग संवाद गर्न चाहन्थिन् । तर, वातावरण मिलेको थिएन। रावलले पनि भण्डारीले आफूसँग भेट्न चाहेको थाहा पाए पनि खबर नआएको बताइसकेका छन् ।

भण्डारीले एमालेमा फर्किने चहाना त राखेकी छन् तर उनको फिर्ती सजिलो छैन । पूर्वराष्ट्रपति भइसकेको व्यक्ति एमालेको नेतृत्व सम्हाल्ने गरी उनी राजनीतिमा आउने तयारीमा छिन् । त्यसका लागि ओलीले पार्टीको नेतृत्व उनलाई हस्तान्तरण गर्न तयार हुनुपर्छ ।

यदि ‌ओली तयार भएमा ०८४ को चुनावअगावै एमालेको महाधिवेशन गरेर भण्डारीलाई राजनीतिमा फर्काउने गरी एमालेका केही पदाधिकारीसहितका उच्च नेता लागिरहेका छन् ।

यसो भनेका थिए ओलीले

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गत ३० मंसिरमा भण्डारीको राजनीतिमा फिर्ताीबारे मुख खोलेका थिए ।

अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पनि जनप्रतिनिधिसँगको राष्ट्रिय कार्यशालामा बोल्दै पार्टीमा फर्किने कुरा अहिलेसम्म नचलेको बताएका थिए ।

उनले यदि भण्डारी एमालेमा फर्किने अवस्था आएमा पार्टीले सम्मानपूर्वक फर्काउने पनि बताएका थिए । उनले पूर्व राष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा-परिचर्चा सुन्ने गरेको बताउँदै उनलाई एमालेले नै राजनीतिमा फर्काउने बताएका थिए ।

ओलीले एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएको बताएका थिए । ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो’, उनले भनेका थिए, ‘अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ।’

ओलीले अहिलेसम्म पार्टीको भूमिमा फर्किने र फर्काउने विषयमा भण्डारीसँग कुनै रूपमा छलफल नभएको पनि ओलीले दाबी गरेका थिए । तर त्यसको २० दिनपछाडि ओली आफैं भण्डारीसँग संवादका लागि बूढानीकण्ठ पुगेर लामो संवाद गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : ३२ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट