सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको विक्रिमा वृद्धि | Khabarhub Khabarhub

सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको विक्रिमा वृद्धि


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

साङ्घाई – चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।

विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पु¥याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

बिवाइडीले गत वर्ष ४२ लाख ७२ हजार १४५ वटा गाडी बिक्री गरेको थियो, जुन सन् २०२३ मा बिक्री भएका ३० लाख २४ हजार ४१७ गाडीको तुलनामा ४१।३ प्रतिशतले बढी हो । डिसेम्बरमा मात्रै बिवाइडीले चीनबाहिर ५७ हजार १५४ वटा गाडी बिक्री गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५८।३ प्रतिशतले बढी हो ।

‘बिल्ड योर ड्रिम्स’ भन्ने अङ्ग्रेजी नारालाई अङ्गीकार गर्ने बिवाइडी विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी हो । कम्पनीको त्रैमासिक आम्दानीले गत वर्षको तेस्रो त्रैमासिक अवधिमा पहिलो पटक विश्वव्यापी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको थियो ।

बिवाइडी र चिनियाँ बजारमा यसको उद्योगका समकक्षीहरूको प्रारम्भिक द्रूत बिक्री वृद्धि बेइजिङबाट उदार अनुदानका कारण आंशिक रूपमा लाभान्वित भएका थिए । युरोपेली सङ्घ (इयु)ले चिनियाँ कम्पनीहरूलाई राज्यको व्यापक सहयोगले अनुचित प्रतिस्पर्धा निम्त्याएको बताएको छ । समूहले गरेको अनुसन्धानले बेइजिङको अनुदानले स्थानीय प्रतिस्पर्धीहरूलाई प्रभावित गरिरहेको ठहर गरेको छ ।

इयूले गत अक्टोबरमा चिनियाँ विद्युतीय सवारीसाधनमा ३५।३ प्रतिशतसम्म थप कर लगाउने घोषणा गरेको थियो । यसअघि सन् २०२४ मा संयुक्त राज्य अमेरिका र क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क बढाएर शतप्रतिशत पु्र्याएका थिए ।

उद्योग अनुसन्धान कम्पनी आरएचओ मोसनका अनुसार नोभेम्बरमा विश्वव्यापी ईभी बिक्री १८ लाखमा पुगेपछि बिवाइडीको यो आँकडा आएको हो। “यो त्रैमासिकमा विश्वव्यापी रूपमा ईभी बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ हामीले क्रमिक रूपमा अघिल्लो महिनाको रेकर्डलाई तोड्न सफल बनेका छौँ,” आरएचओ मोसन विशेषज्ञ चाल्र्स लेस्टरले गत महिना जारी एक प्रेस विज्ञप्तिमा बताएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : ३६ बजे

चेल्सीविरुद्ध सिटीको शानदार जित

काठमाडौं – म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, केही क्षेत्रमा शीतलहर, जनजीवन प्रभावित

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उद्योगसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियरसिप जित्ने सम्भावना अझ बलियो बनाएको