आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : प्रचण्ड | Khabarhub Khabarhub

आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : प्रचण्ड


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताए ।

जनसांस्कृतिक महासङ्घले आज यहाँ गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, “हामी रुपान्तरण र पुनःनिर्माणको अभियानमा जाँदैछौँ, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।”

पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उनले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताए ।

पार्टी र राज्यसत्ता दुवैमा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने अध्यक्ष दाहालले स्पष्ट पारे। “राज्यसत्तामा अझै एकीकृत, केन्द्रिकृत र एकल सांस्कृतिक सोच हावी छ”, उनले भने, “हामीले राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौँ । तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै सम्भव हुने कुरा होइन, यो आम नागरिकको सोच र चिन्तनसँग सम्बन्धित हुने भएकाले दुवै बदल्न धेरै मेहनत गर्न आवश्यक छ ।”

पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसलाई अझै बढाएर लैजानुपर्ने बताए। त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने उनले स्पष्ट गरे ।

महासङ्घका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीले आफूहरुले गरेका सुधारका प्रयास तथा चुनौतीबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ९ : ३० बजे

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर