आज २०८१ साल माघ २० गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल माघ २० गते आइतबारको राशिफल


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २० गते आइतबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। विश्व सिमसार दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।

वृष : तपाईंको बोलीले अप्ठेरो पार्ने अवस्था छ। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।

मिथुन : शान्त भएर बस्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दैनिक काममा अवरोध हुनेछ। स्वास्थ्यमा भने सुधार हुने दिन छ। रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

सिंह : धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्धमा भने सुधार हुनेछ।

कन्या : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ।

तुला : दिन सामान्य छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइबाट असहयोग हुने खतरा छ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। व्यापारमा घाटा हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ। यात्रा गर्नु परेमा एक्लै नहिड्नुहोला। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

धनु : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सानो कुराले मनमा झन्झट बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा सचेत बन्नुपर्ने समय छ।

मकर : सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ। खर्च बढ्ने जोखिम छ। इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : अरुको निर्णय सुन्न नसक्ने बानीले खटपटी बढ्नेछ। मध्य साढेसाती भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मीन : दैनिक काम सहजै बन्नेछन्। अप्ठेरो सोचेका काम सहजै बन्नेछन्। सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो छ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु सुखद् हुनेछ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : २५ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट