नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने « Khabarhub

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस्तै बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयरको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ । माघ १५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । एनएलजी इन्स्योरेन्सले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १० : ३१ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख