एनएलजी इन्स्योरेन्सको ३ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला « Khabarhub

एनएलजी इन्स्योरेन्सको ३ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ ।

आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।

यसअघि इन्स्योरेन्सले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी  सेयर लिलामीमा ल्याएको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १० : ४२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको