आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ « Khabarhub

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू  रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् ।

चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो । 

यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्मी पथबाट गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल, प्रोमेथ, बोमिन  र नगद रु ९५ हजार ७ सय ५ सहित ४ जनालाई  पक्राउ गरिएको छ । 

नक्कली नोटसहित पक्राउ

यसैबीच, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको छ । 
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : २३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा