अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो « Khabarhub

अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । 

शनिबार आन्तरिक स्थानान्तरणका क्रममा डार्ट (औषधियुक्त सुई प्रयोग) गरी ल्याइएको १५ वर्षको पोथी गैँडालाई आज बिहान खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको हो । 
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो ।

कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । 

मगरले निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएकाले त्यहाँका चार वटा गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको जानकारी दिए । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो । 

निकुञ्जसम्बन्धी अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएपछि सोही आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको सूचना अधिकारी मगरले बताए । 

उनका अनुसार निकुञ्जको प्राविधिक टोलीले नवलपुरमा पर्ने पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो । 
 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ४२ बजे

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको