नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती « Khabarhub

नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वेन्टी शृङ्खलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा गएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि बबितेडी लिडाले सर्वाधिक ४१ रन बनाइन् । उता हेटर साइग्रेसले २६ रन बनाइन् । फोबे मोल्कन्बरले र रोविना रिजर्कले समान २१ रन बनाए ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट झारिन् । ३ ओभर बलिङ गरेकी सीताले १२ रन दिएर ५ विकेट झारेकी हुन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले समान १/१ विकेट लिए ।

तेस्रो खेल खेलिरहेको नेपाल पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स दोस्रो जित निकाल्ने दाउमा छ ।

नेपाल श्रृङ्खलाको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ ।

आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन्।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ५४ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप