विदेश पढ्न र भ्रमणका लागि नेपालीले खर्चिए १ खर्ब बढी « Khabarhub

विदेश पढ्न र भ्रमणका लागि नेपालीले खर्चिए १ खर्ब बढी


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा नेपालीले विदेश घुम्न र पढ्न १ खर्ब बढी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको तथ्यांकअनुसार ६ महिनामा नेपालीले विदेश भ्रमण गर्न र पढ्ने नाममा १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका हुन् ।

‘समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.५६ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रहेको थियो’, राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ४७ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा