इन्डेक्स एक्सचेन्जबाट रेमिट्यान्स पठाउनेले जित्न सक्छन् घर « Khabarhub

इन्डेक्स एक्सचेन्जबाट रेमिट्यान्स पठाउनेले जित्न सक्छन् घर


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दुबई- यूएईस्थित इन्डेक्स एक्सचेन्जले आफ्ना ग्राहका लागि नयाँ योजना ल्याएको छ। ग्राहकको भाग्य बदल्ने योजनासहित शान ए रमदानको चौथो संस्करण लिएर इन्डेक्स एक्सचेन्ज आएको हो ।

यो वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित रमदानको अवससरमा आफ्ना ग्राहकलाई भाग्य बदल्ने मौका लिएर यो कम्पनी आएको हो ।

आगामी मार्च २९ तारिखसम्म मान्य रहने ‘शान ए रमदान सिजन ४’ मा इन्डेक्स एक्सचेन्जका यूएईभरका कुनै पनि शाखाबाट नेपालसहित आफ्नो देशमा पैसा पठाउँदा हरेक १० दिनमा एसयुभी गाडी, सुन, नगद र आफ्नो देशमा घर जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘भत्काउनुहोस् आफ्नो दु:खको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’नारा दिएर यो अभियान थालेको हो ।

यस कार्यक्रमको प्रवर्द्धनका क्रममा कम्पनीले बुल्डोजरलाई हिम्मत, साहस, आँट, भरोसा र शक्तिको प्रतीकका रुपमा प्रस्तुत गरेको छ। देश छाडेर प्रदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको बताइएको छ । परदेशी श्रमिकको हिम्मत, साहस र शक्तिको कदर गर्दै उनीहरूकै लागि यो अभियान थालिएको कम्पनीको भनाइ छ ।

दु:ख, बाधा र समस्यासँग धैर्य, साहस र शक्तिसहित बुल्डोजरले पर्खाल भत्काउनु पर्छ भन्ने सन्देशसहित यूएईबासी नेपालीका लागि कम्पनीले ‘शान ए रमदान सिजन ४’ ल्याएको हो ।

यस कार्यक्रमका क्रममा हरेक १० दिनमा हुने लक्की ड्रबाट आफ्नो जिबन बदल्ने उपहार जित्न सकिने उक्त एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले बताएका छन् ।

इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न प्रवर्द्धनात्मभ कार्यक्रम गर्ने गरेको छ । जसमा धेरै नेपालीले कयौँ उपहार जित्ने गरेका छन्। पछिल्लो पटक एकजना नेपालीले नेपालमा घर जितेका थिए । अन्यले लाखौँ रुपैयाँ जितिसकेको जानकारी एक्सचेन्जका प्रमुख ब्यापार प्रबन्धक मिर के रसूलले दिए ।

एक्सचेन्जले वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईभ सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । त्यसपछि नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण ल्याइयो । जसमा दश लाख नगदसहित नेपालीले घर जाने हवाइ टिकट जितेका प्रतिनिधि नबीन पौडेलले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ०४ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको