बन्दको सदुपयोग – कोशी प्रदेश चालकलाई दुर्घटना न्यूनीकरण तालिम « Khabarhub

बन्दको सदुपयोग – कोशी प्रदेश चालकलाई दुर्घटना न्यूनीकरण तालिम


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धरान– पाथीभरा मुक्कुम्लुङ केबलकार परियोजनाको विरोधमा घोषणा गरिएको यातायात बन्दका कारण आइतबार कोशी प्रदेशका विभिन्न जिल्लाको यातायात प्रभावित बन्यो ।

यातायात बन्दलाई मौकाको रुपमा उपयोग गर्दै आइतबार धरानमा चालकहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरियो । मजदुर नेता भीमज्वाला राईका अनुसार धरानका यातायात मजदुरहरुलाई आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो ।

सडक दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकको संख्या बढिरहेकाले चालकहरुलाई सडक सुरक्षाबारे सचेत गराइएको राईले बताए ।

पूर्वाञ्चल यातायात व्यवसायी संघको सभाहलमा सम्पन्न कार्यक्रम नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका १०५ जना यातायात मजदुरको उपस्थिति थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारीसाधनलाई छुटपुर्जी रोक्का गरिने बताए ।

श्रेष्ठले सडक दुर्घटना हुँदा राज्यले अनुसन्धान गरेर गल्ती गर्ने सवारीसाधनलाई क्षतिपूर्ति भराइने कोशी प्रदेश यातायात व्यवस्था ऐनमा उल्लेख भएता पनि गल्ती नहुँदा पनि ठूलो सवारीसाधनले रकम तिर्नु परेको बताए ।

इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डीएसपी प्रकाश जबेगुले सडक दुर्घटना हुँदा चालकहरु र सवारी धनी प्रभावित हुने भन्दै सवारी तथा यातायात व्यवस्था ऐनका दफाबारे प्रशिक्षित गरे ।

त्यस्तै, सडकमा हिँड्दा चालकहरुले अपनाउनुपर्ने ट्राफिक नियमहरुका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापाले प्रशिक्षण दिए ।

उनले सडकमा निस्कनुअघि चालकहरुले सवारीसाधनको अवस्था र जाँच गर्नुपर्ने र चालकहरुले कागजात साथमा राख्नुपर्ने बताए ।

दुर्घटनाको डरलाग्दो तथ्य

नेपालको सार्वजनिक यातायात विकल्पहीन साधन भए पनि असुरक्षित रहेको मजदुर नेता राईले बताए । सडक दुर्घटनामा प्रत्येक दिन न्यूनतम सात जनाको ज्यान गइरहेको र न्यूनतम ४० जना घाइते हुने गरेको उनले तथ्य प्रस्तुत गरे ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कारण, यान्त्रिक कारण र पर्यावरणीय कारण रहेको उल्लेख गरे । चालकहरु धैर्य र संयमित बन्नसके मानवीय त्रुटिबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिने उनले बताए ।

चालकहरुले मादक पदार्थ र लागु पदार्थ सेवनलाई पूर्ण अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै, नेपाली बजारमा विक्रिवितरण हुने नक्कली पार्टपूर्जाहरु र कमसल इन्धनमा रोक लगाउँदै नियमन कडा पार्न उनले सरकारलाई सुझाव दिए ।

शीतलहर, हुस्से, अति वर्षा, बाढी र पहिरोको अवस्थाबारे सरकारले पूर्वसूचना दिने प्रविधि प्रभावकारी बनाइनुपर्ने राईले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ५७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका