अग्रता जोगाउन नसक्दा बेटिससँग रियल म्याड्रिड पराजित | Khabarhub Khabarhub

अग्रता जोगाउन नसक्दा बेटिससँग रियल म्याड्रिड पराजित


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग पराजित भएको छ।

बेटिसको घरेलु मैदानमा भएको खेलको १० औँ मिनेटमा म्याड्रिडलाई ब्राहिम डियाज अग्रता दिलाएका थिए। खेलको सुरुवातमै डियाजले पाएको सहज अवसरलाई गोलमा परिणत गरेका थिए। तर अग्रता जोगाउन नसक्दा म्याड्रिड चुकेको हो।

म्याड्रिडले दुई राम्रा मौका गुमाए लगत्तै खेलको ३४ औँ मिनेटमा बेटिसका जोनी कारडोसोले बराबरी गोल फर्काए। पहिलो हाफा १-१ गोलको बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा बेटिसले खेलको ५४ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्यो। इस्ककोले पेनाल्टीलाई गोलमा परिणत गर्दै टिमलाई २-१ को अग्रता दिलाएका थिए। खेलमा यो पेनाल्टी गोल नै निर्णायक बनेको हो।

बेटिस आउनु अघि इस्ककोले नौ वर्ष रियल म्याड्रिडमा बिताएका थिए। यो पराजयसँगै रियल म्याड्रिड तेस्रो स्थानमा झरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ३३ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट