हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन « Khabarhub

हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन् ।

सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका छैनन् । स्थानीय तहमा नयाँ कार्यकारी नआउँदा कामकाज ठप्प भएको छ । यी गाउँपालिकाले हिउँदे गाउँसभा पनि गर्न सकेका छैनन् ।

अदानचुली गाउँपालिकाले गत माघ २७ गते हिउँदे गाउँसभा गर्ने निर्णय गरे पनि नयाँ प्रशासकीय अधिकृत नआउँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।

अधिकांश योजना सम्झौता भई काम सम्पन्न भएको भए पनि कार्यकारी नभएकै कारण भुक्तानी नभएकाले समस्या झेल्नुपरेको बताइएको छ । गत पुस पहिलो हप्तामै कर्णाली प्रदेश सरकार अर्थ मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयलगायत सङ्घीय मन्त्रालयबाट विनियोजित योजना गाउँपालिकाको कार्यालयमा सम्झौता भएका अधिकांश योजनाको काम सम्झौता भए पनि कार्यकारी नभएकै कारण भुक्तानी रोकिएको छ ।

गाउँपालिकाद्वारा विनियोजित र सङ्घ तथा प्रदेश सरकारद्वारा विनियोजित योजना ठेक्का प्रक्रियाद्वारा सञ्चालन गर्ने योजना भए पनि ती सबै योजना अलपत्र परेका छन् । नागरिकका दैनिक सिफारिसका कामसमेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ३२ बजे

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश