च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त « Khabarhub

च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

यूएई – आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चारचार अंक जोडेको छन्। दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ।

भारत र न्युजिल्यान्डको यो भिडन्त आइतबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

समूह चरणमा यसअघि भारतले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। पहिलो खेलमा बंगलादेशमाथि २१ बल बाँकी हुँदा ६ विकेटले विजयी भएको भारत दोस्रो खेलमा पाकिस्तानविरुद्ध ४५ बल बाँकी हुँदा ६ विकेटले नै विजयी भएको थियो।

यता, न्युजिल्यान्डले भने पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हरायो भने दोस्रो खेलमा बंगलादेशलाई २३ बल बाँकी हुँदा ५ विकेटले पराजित गरेको थियो। आज भारत र न्युजिल्यान्ड दुवै टिम समूह चरणको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।

समूह ‘बी’बाट ५ अंक जोड्दै दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया चार अंक जोड्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज हुने यो खेललले सेमिफाइनल समीकरण पूरा हुनेछ। भारत र न्युजिल्यान्डको नतिजाले कुन देशले सेमिफाइनलमा कसलाई प्रतिद्वन्द्वी पाउँछन् भन्ने टुंगो लाग्नेछ।

पाकिस्तानको आयोजनामा भएको यो प्रतियोगिताको समूहचरणबाटै आयोजकसहित बंगलादेश, अफगानिस्तान र इंग्ल्यान्ड बाहिरिसकेका छन्।

भारतले पाकिस्तान जान अस्वीकार गरेपछि यो प्रतियोगिता हाइब्रिड मोडलमा पाकिस्तान र यूएईमा जारी छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : १३ बजे

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली

काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान