मनाङमा आजदेखि ‘एचपीभी’ खोप अभियान « Khabarhub

मनाङमा आजदेखि ‘एचपीभी’ खोप अभियान


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरुवात भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ ।

कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचपीभी खोप लगाइने छ । विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ६ गरी एक सय नौ किशोरीलाई ‘एचपीभी’ खोप दिइनेछ ।

मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने छ ।

फागुन १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाशज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुन्नाले बताइन् ।

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।

जिल्लाका सबै विद्यालय चिसोका कारण बन्द रहेकाले अन्य जिल्लाभन्दा ढिला गरी खोप अभियान सञ्चालन भएको ठगुनाले बताए । खोप कार्यक्रममा जिल्लाका सबै विद्यालयका एक सय तीन र अन्य ६ जना गरी एक सय नौ किशोरीलाई खोप लगाइने भए तापनि अन्यको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको प्रमुख ठगुन्नाको भनाइ छ ।

नासोँ गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै