युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री  « Khabarhub

युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टीबद्ध रहेको बताएका छन् ।  

आइतबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको विकासले मात्रै देश विकास हुने भएकाले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहने बताए । 

उनले राष्ट्रिय सेवा दल कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको भन्दै यसमा सहभागीहरूको संख्या बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सर्वाेत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा नै आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै राष्ट्रप्रतिको कर्तव्य बुझ्ने नागरिक बन्ने कार्य पनि शुरु गर्नुपर्ने बताए ।

उनले अरूलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।  

समारोहमा रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायत उपस्थित थिए । विक्रम सम्वत २०२२ सालमा स्थापित सेवा दलबाट हालसम्म ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०४ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ