युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री  « Khabarhub

युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टीबद्ध रहेको बताएका छन् ।  

आइतबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको विकासले मात्रै देश विकास हुने भएकाले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहने बताए । 

उनले राष्ट्रिय सेवा दल कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको भन्दै यसमा सहभागीहरूको संख्या बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सर्वाेत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा नै आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै राष्ट्रप्रतिको कर्तव्य बुझ्ने नागरिक बन्ने कार्य पनि शुरु गर्नुपर्ने बताए ।

उनले अरूलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।  

समारोहमा रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरुलगायत उपस्थित थिए । विक्रम सम्वत २०२२ सालमा स्थापित सेवा दलबाट हालसम्म ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री