छोरा गुमाएको ६ महिनापछि बुवाको रहस्यमय मृत्यु, धनगढीको जंगलमा भेटियो दुई जनाको शव  « Khabarhub

छोरा गुमाएको ६ महिनापछि बुवाको रहस्यमय मृत्यु, धनगढीको जंगलमा भेटियो दुई जनाको शव 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा दुई जना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एक जना झुण्डिएको र एक जना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका–१० का देवल चौधरी र सोही स्थानका कैदा राना मृत अवस्थामा भेटिएका हुन् ।

मृतक देवल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । 

मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नदीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवल चौधरीका छोरा प्रकाश चौधरीले बुवा राति गाउँको बिहेमा जान्छु भनेर घरबाट निस्किएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ