छोरा गुमाएको ६ महिनापछि बुवाको रहस्यमय मृत्यु, धनगढीको जंगलमा भेटियो दुई जनाको शव  « Khabarhub

छोरा गुमाएको ६ महिनापछि बुवाको रहस्यमय मृत्यु, धनगढीको जंगलमा भेटियो दुई जनाको शव 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा दुई जना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एक जना झुण्डिएको र एक जना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका–१० का देवल चौधरी र सोही स्थानका कैदा राना मृत अवस्थामा भेटिएका हुन् ।

मृतक देवल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । 

मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नदीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवल चौधरीका छोरा प्रकाश चौधरीले बुवा राति गाउँको बिहेमा जान्छु भनेर घरबाट निस्किएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण