फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई गाउँपालिकाको पत्र  | Khabarhub Khabarhub

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई गाउँपालिकाको पत्र 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई पत्र पठाएको छ । पालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको हो । 

परापूर्वकालमा उत्खनन  गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन् ।

हालसम्म पनि देखे सुनेका व्यक्तिहरूले औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ । पालिकाका ४, ५ र ६ नम्बर वडामा फलाम खानीको सम्भावना रहेको छ । 

गाउँपालिकाले फागुन १८ गते पत्र पठाएकोमा मन्त्रालयले सोही दिन दर्ता गरेको छ । दर्ता नम्बर १६७ मा दर्ता पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवलाई आवश्यक पक्रिया अघि बढाउन तोकादेशसमेत गरिसकेका छन् । 

फलाम आनी उत्खनन  गर्न सके हजारौँको रोजगारी र विदेशबाट आउने फलाम नेपालमै उत्पादन गरी आर्थिक वृद्धि गर्न सकिने विश्वास गाउँपालिकाको छ । गाउँमा मानाकोटे धन, साबल, तावा, बन्चरा सहितका औजार सामाग्री हालसम्म पनि प्रयोगमा रहेको अवस्था छ । 

पालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यही अनुहार नै मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट र विज्ञको माग गरेका छौँ, अध्यक्ष रोकायाले भने । उनका अनुसार मानाकोट क्षेत्रमा फलाम खानी रहेको दाबी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : २९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी