‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोदको नयाँ फिल्म ‘अभिमन्यु’ घोषणा « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोदको नयाँ फिल्म ‘अभिमन्यु’ घोषणा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासको सबैभन्ढी बढी व्यापार गर्ने ‘फिल्म पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।

निर्माता पौडेलले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ फिल्म निर्माण र त्यसको प्रदर्शन मिति साउन २४ गते तय भएको जानकारी दिएका हुन् ।

निर्माण पक्षका अनुसार यो हिन्दी र नेपाली भाषामा निर्माण हुने बताइएको छ ।

यस फिल्मका लागि कलाकारहरु चयन अझै बाँकी छ । निर्माता पौडेलका अनुसार फिल्ममा यस क्षेत्रका गुमनाम र नयाँ अनुहारलाई प्राथामिकतामा राखेर कलाकार चयन गरिनेछ ।

निर्माता पौडेलले फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । पोस्टरमा च्रकव्यूह र उडिरहेको पैसालाई देख्न सकिन्छ । पोस्टरले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेर त्यहाँबाट उम्किन खोज्ने पात्रको कथामा फिल्म निर्माण हुने बुझ्न सकिन्छ ।

यद्यपि निर्माण पक्षले कथावस्तुबारे र छायाङ्कनबारे जानकारी दिएको छैन फिल्मको सुशान्त गौतमले निर्देशन गर्दैछन् ।

यस फिल्मका लेखक मुकेश खनाल हुन् । सेभेन सिज सिनेमाको प्रस्तुति बन्ने फिल्मका निर्माता पौडेल र गुञ्जन गिरी हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : २९ बजे

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय