‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’ « Khabarhub

‘मैथली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मैथली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

आज विराटनगरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण, लिपि खोजबिन, विकास र प्रवर्द्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

सबै जातजातिका धर्म, संस्कृति, भाषा संरक्षण गरी राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिँदै उनले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन र दुर्व्यसन न्यूनीकरणका लागि रेडियोमा जोड्नुपर्ने सुझाव दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद्को समयमा सरकारी सञ्चारमाध्यमले समाजलाई सुसूचित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जातजातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रम संयोजक ताराप्रसाद वस्ती र तारणीप्रसाद कोइराला स्मृति सञ्चार गृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चार गृहले गरेका कार्यबारे जानकारी गराएका थिए । 

अन्तरक्रियामा प्रदीप भगत, चन्द्र राजवंशी, सूर्यनारायण मुडियारी, उपप्राध्यापक महाप्रसाद खतिवडाले रेडियो नेपालले विभिन्न भाषामा प्रसारण गर्ने समाचारका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ५ : ५६ बजे

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका

नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले कुल विद्यार्थी

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा