काठमाडौ- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले सरकारले गत पुस १४, २९ र माघ २ गते ल्याएका ६ वटा अध्यादेश यथाशक्य चाँडो संसद्बबाट पारित गर्ने निर्णय लिएको छ ।
आइतबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव शंकर पोख्रेलले यस्तो बताएका हुन् ।
अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हुने भएकोले उक्त प्रयासलाई सामान्य रुपमा लिनुपर्ने महासचिव पोखरेलले बताएका छन् ।
सरकारले अध्यादेश नै पारित गर्ने उद्देश्यले राजनीति दलसम्बन्धी विधेयक परिमार्जनसहित अघि बढाउन खोजेको बेला पोख्रेलले यस्तो बताएका हुन् ।
‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन’, उनले भने ।
महासचिव पोखरेलले अमेरिका र युक्रेनबीचको विवादबारे भने टिप्पणी गर्न मानेनन् । बैठकमा बैठकमा ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणबारे छलफल गरेको थियो ।
जसमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर पाथीभरा केवलकार विवादको समस्या समाधान गर्नेबारे छलफल भएको थियो ।
प्रतिक्रिया