गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने गुड्डुलाई प्रहरीले गोली चलाएरै समात्यो | Khabarhub Khabarhub

गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने गुड्डुलाई प्रहरीले गोली चलाएरै समात्यो


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर पटेललाई गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट उद्योगअगाडि गोली हानिएको प्रकरणमा भारतीय अपराधी गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो ।

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका भारतीय अपराधी पटेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । २०७९ असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली लागेर एकजना फर्निचर व्यवसायीको हत्या भएको थियो।

गोली लागेर घाइते सर्लाहीको गोडैता नगरपालिका–२ मुस्लिम टोलका लाल मोहम्मद दर्जीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज उपचारका क्रममा ज्यान गएको थियो ।

त्यसबेला पल्सर मोटरसाइकलमा आएका २ जनाले उनलाई गोली प्रहार गरेका थिए। त्यसपछि २०७९ असोज १४ गते तीन जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो।

हत्यामा संलग्नहरूको सीसीटिभी फुटेजका आधारमा पक्राउ गरिएको थियो । हत्याका योजनाकार भारतीय गुण्डा नितिन मदन थिए । प्रहरीले त्यसबेला उनैले हत्या योजना बनाएर सुटर ल्याएको खुलेको थियो । सुटरका रुपमा आइतबार पक्राउ गरिएका गुड्डुलाई प्रयोग गरिएको थियो ।

गोठाटारमा हत्या गरिएका लाल मोहम्मदका परिवार काठमाडौंमै बस्ने गरेका थिए । उनको हत्याका मुख्य योजनाकार भारतीय नागरिक नितिन मदनका परिवार पनि काठमाडौंमै बस्ने गरेका थिए । गोठाटार हत्याकाण्डका सुटर गुड्डुलाई प्रहरीले करिब अढाई वर्षपछि प्रहरीले काठमाडौंबाटै समातेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : १० बजे

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर