सकियो ‘महाभोज’ छायाङ्कन, प्रदर्शन मिति कहिले ? « Khabarhub

सकियो ‘महाभोज’ छायाङ्कन, प्रदर्शन मिति कहिले ?


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशनमा बनिरहेको मल्टिस्टारर फिल्म ‘महाभोज’को छायाङ्कन सकिएको छ । शुक्रबार नायक खगेन्द्र लामिछाने र नायिका अञ्जना बराइलीको अंशको दृश्य खिचेसँगै फिल्मको छायाङ्कन पूरा भएको हो ।

यो फिल्मको छायाङ्कन माघ ८ गते पोखराको घाकाचोकबाट सुरु भएको थियो । पहिलो चरणको छायाङ्कन पोखरामा ३३ दिन चलेको थियो । दोस्रो चरणको छायाङ्कन दुई दिन काठमाडौंमा भएको हो ।

पूर्वनिर्धारित ३५ दिनको तालिकामै फिल्मको छायाङ्कन सकिएको हो । फिल्ममा केन्द्रीय भूमिकामा खगेन्द्र र अञ्जनासहित आर्यन सिग्देल, दायाहाङ राई, गौमाया गुरुङ, मलिका महत शीर्ष भूमिकामा रहेका छन् ।

सहायक भूमिकाका लागि वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतका चर्चित कलाकारहरु छन् ।

छायाङ्कनको काम पूरा भएपछि निर्माण पक्ष पोस्ट प्रोडक्सनको काममा प्रवेश गरेको छ । निर्माण पक्षले छायाङ्कन पूरा भइसक्दा पनि प्रदर्शन मिति तय गरेको छैन । केही समयपछि उपयुक्त समय चयन गरेर प्रदर्शन मितिबारे जानकारी दिने निर्देशक राउतले बताए ।

यस फिल्मको लेखक विकास सुबेदी हुन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ५५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम