कोशी प्रदेशसभाः प्रतिस्थापन विधेयक पारित « Khabarhub

कोशी प्रदेशसभाः प्रतिस्थापन विधेयक पारित


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

यसअघि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक पेस गरेका हुन् ।

मन्त्री भण्डारीले प्रदेशमा सङ्कटग्रस्त सहकारी संस्थालाई समिति बनाएर हस्तान्तरण, निजामती कर्मचारी ऐनमा भएको प्राविधिक त्रुटीलाई सच्याउन र विपद्का कारण क्षति भएका संरचनालाई पुनःनिर्माण गर्न यो विधेयक आवश्यक रहेको जानकारी दिए ।

शुन्य समय

कोशी प्रदेशसभा सदस्य विनोद राई, गोबिन्द गिरी, गणेशप्रासद उप्रेती, सपना दर्जी, प्रेमराज थाम्सुङ, गोपालबहादुर विश्वकर्मा, कमलप्रसाद जवेगु र राधाकृष्ण खनालले आ–आफ्ना निर्वाचन क्षेत्रमा रहेका समस्याबारे सदनको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली