राप्रपा सांसद बोहराको शव श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने « Khabarhub

राप्रपा सांसद बोहराको शव श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालयमा राखिने भएको छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार वरिष्ठ नेता बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको हो । श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रुपन्देशी लगिएको थियो । त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो । नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए।

राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठकले वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य बोहराको निधनप्रति गहिरो दुःख व्यक्तसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ३८ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक