प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने « Khabarhub

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधि तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका समकक्षी पे थोङ् थान् सिनावात्राबीच आज भेटवार्ता हुँदैछ ।

थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदानप्रदान हुनेछन् ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावात्राले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली मङ्गलबार स्वदेश फर्किने छन् । 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ५१ बजे

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र