प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने « Khabarhub

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधि तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका समकक्षी पे थोङ् थान् सिनावात्राबीच आज भेटवार्ता हुँदैछ ।

थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदानप्रदान हुनेछन् ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावात्राले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली मङ्गलबार स्वदेश फर्किने छन् । 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ५१ बजे

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत

दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा

काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला

काठमाडौं- अचानक नेपाली कांग्रेसमा देखिएको संकटका कारण समस्या परेको डा.

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश