चैती छठ अन्तर्गत आज खरना मनाइँदै | Khabarhub Khabarhub

चैती छठ अन्तर्गत आज खरना मनाइँदै


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– सूर्य उपासनाको चार दिने महापर्व चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ ।

चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतीय भूभागमा पर्ने सम्पूर्ण मिथिलाञ्चलभरि धुमधामका साथ चलिरहेको छ ।

धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठको आज दोस्रो दिन साँझपख मिथिलाका घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताए ।

खरनाका दिन मिथिलानी व्रतालुहरू दिनभरि निर्जल एवं निराहार उपबास बसेर साँझपख घरघरमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई चैती छठ पर्वको निमन्त्रण दिनुका साथै प्रसाद (नेउज) चढाउने चलन रहेको जलेश्वर– ८ की व्रतालु  सुमिन्त्रा देवीले बताइन् ।

यस दिनमा व्रतालु महिला खरना पर्व मनाइसकेपछि राति आफूले भने अरवा अरबाईन ( नुन नहालेको) खानेकुरा मात्रै खाने गर्दछन् । जसमा खीर, पुरी, केरालगायत वस्तुहरू समावेश हुन्छ ।

पर्वको पहिलो दिन मङ्गलबार व्रतीहरुले नहा खा अर्थात नुहाएर खाने अर्थात जीऊ चोख्याउने काम गरेका थिए भने पर्वको दोस्रो दिन आज बुधबार खरना मनाइरहेका छन् ।

त्यस्तै षष्ठी एवं चैती छठ पर्वको मुख्य दिन बिहीबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि जलाशयमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै अर्घ अर्पण गर्नेछन् ।

त्यस्तै सप्‍तमीका दिन शुक्रबार बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने चलन छ । 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ८ : ०६ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना