सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् : प्रधानमन्त्री ओली « Khabarhub

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् : प्रधानमन्त्री ओली


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको उल्लेख गरेका छन् ।

समाजको महत्त्वपूर्ण अङ्गको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्– ‘नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको छ । रेडियो नेपालले अब देश विकासका निम्ति सृजनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको छ । अब हाम्रा सूचना र सन्देश रोजगारी सृजनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुनुपर्छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १० : १८ बजे

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन