दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? नगर्नुहोस् यस्तो गल्ती « Khabarhub

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? नगर्नुहोस् यस्तो गल्ती


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भनिन्छ दिनको सुरुवात स्वस्थ तरिकाले गर्दा तपाईँ दिनभर फिट र सक्रिय महसुस गर्नुहुन्छ। 

विशेष गरी बिहान के खाने र पिउनु हुन्छ, त्यसको प्रभाव दिनभर तपाईँको शरीरमा देखिने गर्दछ । यस्तो अवस्थामा मानिसहरू बिहान स्वस्थकर चीज मात्र खान वा पिउन मन पराउँछन्।

यी चीजहरू मध्ये बिहान कागती पानी सबैभन्दा सामान्य र उत्तम उपाय हो। धेरैजसो मानिसले बिहान उठेपछि कागती पानी पिउने गर्छन् । यसलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

तर, यो समयमा मानिसहरू धेरै पटक गल्ती गर्छन्, जसका कारण कागती पानीको फाइदा बेफाइदामा परिणत हुन्छ । यसलाई विस्तारमा बुझौँ :

चर्चित सेलिब्रेटी पोषणविद् रायन फर्नान्डोले यस विषयमा आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका छन् । यस भिडियोमा डाक्टरले कागती पानी पिउनु स्वास्थ्यका लागि धेरै राम्रो हुने बताएका छन् ।

विशेष गरी बिहान उठ्ने बित्तिकै कागती पानी पिउनाले एकै चोटि धेरै फाइदा लिन सक्छ। यद्यपि, यी फाइदाहरू प्राप्त गर्न, यो एक विशेष कुरा दिमागमा राख्न महत्त्वपूर्ण छ ।

रायन फर्नान्डोका अनुसार मानिसहरू यसलाई बनाउँदा अक्सर कागती पानीमा चिनी मिसाउँछन्, जसका कारण यसका सबै फाइदा बेफाइदामा परिणत हुन थाल्छन् । 

पोषणविद्हरूका अनुसार कागतीको पानीमा चिनी मिसाउँदा यसको क्यालोरी मात्र बढ्दैन, बरु, चिनीले तपाईँको शरीरबाट हाइड्रेसन चुस्ने काम गर्दछ । जसका कारण तपाई दिनभरि थकित र कमजोर महसुस गर्नुहुन्छ ।

रायन फर्नान्डोका अनुसार लेमोनेड बनाउँदा पनि यसमा थोरै मात्रामा चिनी नथप्ननु होस् र यसबाहेक तपाईँ कागती पानीमा गुलाबी नुन मिसाउन सक्नु हुन्छ। यसले तपाईँको शरीरमा सोडियमलाई सन्तुलनमा राख्छ। 

साथै, लेमोनेड बनाउँदा त्यसमा नरिवलको पानी हाल्नुहोस् ।

नरिवलको पानीले शरीरमा प्राकृतिक इलेक्ट्रोलाइट उपलब्ध गराउने काम गर्छ । यसो गर्दा तपाईँले दिनभर हाइड्रेटेड महसुस गर्नु हुनेछ । यस तरिकाले, तपाईँले आफ्नो दिनलाई एक सानो परिवर्तनको साथ स्वस्थ तरिकामा सुरु गर्न सक्नुहुन्छ र दिनभर फिट र सक्रिय महसुस गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ०२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका