मीनबहादुर भन्छन्- दुर्गा प्रसाईंजस्ता लुटेराहरूले ल्याएको परिवर्तन चाहिँदैन « Khabarhub

मीनबहादुर भन्छन्- दुर्गा प्रसाईंजस्ता लुटेराहरूले ल्याएको परिवर्तन चाहिँदैन


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार भएको राजवादीहरूको प्रदर्शनका क्रममा निजी घर, व्यवसायमा आगजनी, लुटपाट र तोडफो निन्दनीय भएको बताका छन् ।

कोटेश्वरस्थित भाटभटेनी सुपमार्केटमा शुक्रबार भएको लुटपाटमा संलग्नविरुद्ध बहादुरीपूर्वक प्रतिकारमा उत्रिएका सुरक्षागार्ड दुलप्रसाद (कृष्ण) पराजुलीलसहितलाई सम्मान गर्ने उनले यस्तो बताएका हुन् ।

व्यवसायी गुरुङले समाजमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाईंलाई राज्यले समयमै नियन्त्रणमा लिन नसकेका कारण अहिलेको स्थिति सिर्जना भएको बताएका छन् । उनले प्रसाईंजस्ता अराजकलाई नियन्त्रणमा लिन पनि सरकारको ध्यानकर्षण गराएका छन् ।

गुरुङले लुटेराहरूले ल्याएको परिवर्तन आफूहरूलाई नचाहिएको पनि बताएका छन् । शुक्रबार राजावादीले गरेको लुटपाटका क्रममा कोटेश्वरस्थित भाटभटेनीले करिब ८० लाख रुपैयाँ क्षति व्यहोर्नु परेको थियो ।

त्यसक्रममा गुरुङले सुरक्षागार्ड पराजुलीसहितलाई नगद पुरस्कार दिएर सम्मान गरे । भाटभटेनीले चैत्र १५ गतेको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई पनि आर्थिक सहयोग घोषणा गरेको छ ।

बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमबीच भाटभटेनीका सञ्चालक गुरुङले सुरक्षागार्ड (कृष्ण) पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे ।

त्यस्तै पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको छ । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले लुटेराहरूको प्रतिकार गर्दै लखेटेका थिए ।

सम्मान ग्रहण गदै सुरक्षागार्ड पराजुलीले काटेश्वर भाटभटेनीमा आएर लुटपाट गरेपछि सबै सुरक्षा टोलीले मिलेर प्रतिकार गरेको बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १२ : ४१ बजे

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय