दोस्रो फिल्म निर्देशन गर्दै जुनिम « Khabarhub

दोस्रो फिल्म निर्देशन गर्दै जुनिम


१९ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन ९ गते प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’का निर्देशक जुनिम गहतराजले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन् ।

जुनिमले दीपक लम्सालको लगानीमा बन्ने फिल्म ‘हे माया’ निर्देशन गर्ने भएका हुन् । निर्माण पक्षले यस फिल्म निर्माण घोषणा बुधबार गरेको हो ।

निर्माता लम्सालले यसअघि भारतमा बसेर भारतीय फिल्म नेपालमा प्रदर्शन गराउने काम गर्दै आएका थिए । अब भने उनले नेपाली फिल्म निर्माणमा हात हाल्न लागेका हुन् ।

‘ताण्डवम्’मा जुनिमको निर्देशकीय क्षमताबाट प्रभावित भएर सहकार्य गर्ने सोच पलाएको लम्सालले बताए ।

लम्सालका अनुसार ‘हे माया’मा चल्तीका कलाकारहरूसँग मौखिक सहमति भइसकेको छ । लिखित सहमति गरेर छनोट भएका कलाकारका नाम आगामी नयाँ वर्षबाट सार्वजनिक गर्ने योजनामा उनले सुनाए ।

निर्देशक जुनिम जेठबाट छायाङ्नकमा निस्कने योजनामा छन् । रियल इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने यस फिल्मका लेखक चक्रपाणी सांखी हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : २७ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध