ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट « Khabarhub

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् ।  
      
मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पुर्‍याएको योगदान र सहयोगप्रति धन्यवाद दिए ।
      
मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना सोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गरे । उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न एसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताए ।
      
मन्त्री खड्काले नेपालको प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रीड, हरित ऊर्जालगायतका क्षेत्रमा लगानीको वातावरण मिलाउन राजदूतमार्फत एसियाली कम्पनीलाई आग्रह गरे ।
      
भेटमा नेपालका लागि एसियाली राजदूत एलेक्सीले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानी गर्न रसियनहरू इच्छुक रहेको बताए । 

राजदूत एलेक्सीले रसियामा आगामी जुन महिनामा हुने सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मे महिनामा हुने नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबर महिना हुने रसियन इनर्जी वीकमा भाग लिन मन्त्री खड्कालाई आमन्त्रण गरेका थिए ।  

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : ११ बजे

दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा

काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला

काठमाडौं- अचानक नेपाली कांग्रेसमा देखिएको संकटका कारण समस्या परेको डा.

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा