अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला « Khabarhub

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अचानक नेपाली कांग्रेसमा देखिएको संकटका कारण समस्या परेको डा. शेखर कोइराला समूहको अलग्गै भेला काठमाडौंको बत्तीसपुतलीमा सुरू भएको छ।

विशेष महाधिवेशनमार्फत् नेपाली कांग्रेसको नेतृत्व गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएसँगै नेता कोइराला यता न उता भएका छन् ।

यो अवस्थामा उनले शुक्रबारदेखि आधिकारिकता गुमाएका निवर्तमान सभापति देउवालाई पनि साथ नदिने नीति लिएका छन् ।

सकेसम्म आधिकारिकता पाएको गगन थापा पक्षसँग मिलेर फागुन २१ को चुनाव लड्ने तयारीमा रहेको यो समूहलले अनुपम फुडल्यान्डमा सम्भावित रणनीति बनाउँदैछ ।

फागुन २१ को चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ताको समय आइसक्दा कोइराला पक्ष जुटेको हो । उता निवर्तमा सभापति देउवा पक्षले आइतबार सर्वोच्च अदालतमा रिट हालेको छ ।

उक्त रिटमाथि मंगलरबार सुनुवाइ गर्ने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ ।

मंगलबार सुनुवाइ हुने दिन नै निर्वाचन आयोगमा पनि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन हुँदैछ । यस्तोमा शेखर पक्षले गगनहरूसँग मिलेर अघि बढ्ने गरी रणनीति तय गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ०२ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी