थाइल्यान्डले भन्यो- नेपालको हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ « Khabarhub

थाइल्यान्डले भन्यो- नेपालको हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले नेपालमा हवाई र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौँमा थाइ एयरलायन्सको उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताइन् । 

उनले नेपालमा ऊर्जा, होटेल, हवाइजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री शिनावात्ले कूटनीतिक सम्बन्ध बिस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देशबीचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरुबीच छलफल भएको जानकारी दिइन् ।  

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : २० बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित