नेप्से २५ अंकले बढ्दा ट्रेडिङ समूहमा उछाल  « Khabarhub

नेप्से २५ अंकले बढ्दा ट्रेडिङ समूहमा उछाल 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । मंगलबार घटेर बन्द भएको नेप्से आज भने पुन बढेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेको छ । 

आज नेप्से ०.९४ प्रतिशतले बढेर २७०१.४८ विन्दुमा पुगेको छ । आज दिनभरमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ११ वटा समूह बढेको छ भने बाँकी २ वटा समूह घटेको छ । आज उत्पादन तथा प्रशोधन समूह १.४३ प्रतिशतले घटेर ७१०५.३९ विन्दुमा आएको छ । आज निर्जीवन बीमा समूह भने ०.२५ प्रतिशतले घटेर १२ हजार २७१.२४ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह ९.४९ प्रतिशतले बढेर ४८८०.०१ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम लघुवित्त समूह ०.१२ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैकिङ समूह ०.६१ प्रतिशतले,  विकास बैंक समूह ०.५१ प्रतिशतले, फाइनान्स ३.२६ प्रतिशतले, होटल तथा पर्यटन ०.२६ प्रतिशतले, हाइड्रोपावर ०.५४ प्रतिशतले, लगानी १.३९ प्रतिशतले, जीवन बीमा ०.५० प्रतिशतले, म्युचुअल फण्ड ०.६५ प्रतिशतले र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : १० बजे

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर