नेप्से २५ अंकले बढ्दा ट्रेडिङ समूहमा उछाल  « Khabarhub

नेप्से २५ अंकले बढ्दा ट्रेडिङ समूहमा उछाल 


१९ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । मंगलबार घटेर बन्द भएको नेप्से आज भने पुन बढेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेको छ । 

आज नेप्से ०.९४ प्रतिशतले बढेर २७०१.४८ विन्दुमा पुगेको छ । आज दिनभरमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये ११ वटा समूह बढेको छ भने बाँकी २ वटा समूह घटेको छ । आज उत्पादन तथा प्रशोधन समूह १.४३ प्रतिशतले घटेर ७१०५.३९ विन्दुमा आएको छ । आज निर्जीवन बीमा समूह भने ०.२५ प्रतिशतले घटेर १२ हजार २७१.२४ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह ९.४९ प्रतिशतले बढेर ४८८०.०१ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम लघुवित्त समूह ०.१२ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैकिङ समूह ०.६१ प्रतिशतले,  विकास बैंक समूह ०.५१ प्रतिशतले, फाइनान्स ३.२६ प्रतिशतले, होटल तथा पर्यटन ०.२६ प्रतिशतले, हाइड्रोपावर ०.५४ प्रतिशतले, लगानी १.३९ प्रतिशतले, जीवन बीमा ०.५० प्रतिशतले, म्युचुअल फण्ड ०.६५ प्रतिशतले र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : १० बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई