‘पीताम्बर’ का लागि द्वन्द्व सिकेँ, सक्दो मेहनत गरेको छु : अभिनेता खड्का « Khabarhub

‘पीताम्बर’ का लागि द्वन्द्व सिकेँ, सक्दो मेहनत गरेको छु : अभिनेता खड्का


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि आफ्नो पात्रलाई तयार पार्न द्वन्द्व सिकेको बताएका छन् । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताए ।

उनले भने, “निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छु । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि मैले आफ्नोतर्फबाट सक्दो मेहनत गरेको छु ।” उनले बिना सम्झौता चलचित्र तयार भएको र सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिए ।

प्राय प्रेम कथानक चलचित्रमा अभिनय गरेका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधामा तयार भएको चलचित्रमा अभिनय गरेका हुन् । सो चलचित्रकी निर्देशक कृषा चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताइन् ।

“यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् भन्ने प्रश्न धेरैको थियो । त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित गर्‍यो । चलचित्र भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले मप्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ । मैले चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरेकी छैन । महिला भएकै कारण सामाजिक विधामा मात्र चलचित्र बनाउन सक्छन भन्नेलाई मेरो कामले जवाफ दिएको छ”, उनले भनिन् ।

चलचित्रमा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशक, प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : २८ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको