जिल्ला नेतृत्वलाई वडा र पालिकाको अधिवेशन मिति तय गर्न तरुण दलको निर्देशन « Khabarhub

जिल्ला नेतृत्वलाई वडा र पालिकाको अधिवेशन मिति तय गर्न तरुण दलको निर्देशन


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला नेतृत्वलाई वडा र पालिका तहको अधिवेशनको मिति तय गर्न निर्देशन दिएको छ । 

अध्यक्ष विद्धान गुरुङले बुधबार परिपत्र गरेर जिल्ला नेतृत्वलाई वडा र पालिका तहको अधिवेशन मिति तय गर्न निर्देशन दिएका हुन् । 

गुरुङको पाँच बुँदे परिपत्रको पहिलो बुँदामा भनिएको छ, ‘जिल्लाका अध्यक्षहरूलाई वडा र पालिका तहको अधिवेशनको केन्द्रलाई जानकारी गराइ मिति तय गरेर सो तहको अधिवेशन गर्ने जिम्मेवारी ।’

परिपत्रमा केन्द्रबाट स्वीकृत गर्न तोकिएको शुल्कसहित जिल्लाको पूर्णकालीन फारम केन्द्रमा बुझाउन र मातृ पार्टी कांग्रेसको जिल्ला कार्यसमितिसँग अधिवेशनका लागि समन्वय गर्न पनि भनिएको छ ।

अध्यक्ष गुरुङले वडा र पालिका अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशन प्रतिनिधिको नाम अनुमोदनका लागि केन्द्रमा पठाउन पनि निर्देशन दिएका छन् । 

उनले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका जिल्लाहरूले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति प्रस्ताव गरेर पार्टी केन्द्रीय कार्यालयबाट अनुमति लिन पनि भनेका छन् ।

उनले मातृ पार्टी कांग्रेसका जिल्ला सभापतिहरूलाई संगठनको अधिवेशन सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : २३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका